मकवानपुर थाहा नगरपालिकामा पहिलो बिच भलिवल प्रतियोगिताको आयोजना गर्ने हुने भएको छ । थाहानगर कला केन्द्रले भलिवल संघसंगको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ । प्रतियोगिताबाट खेल प्रवद्र्धनसहित रोमान्चक हुने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिता सम्बन्धी छलफलका लागि थाहानगरका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता तथा सम्बन्धित खेलाडीहरुबीच १३ भाद्रमा अन्तक्र्रिया समेत गरिएको छ । समन्वय संस्था भलिबल संघ थाहानगरका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा भएको अन्तरक्रिया शिखरकोटको शंकर होटलमा भएको थियो । कार्यक्रमको प्रमूख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली रहेका थिए । प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका र आफू व्यक्तिगत रुपमा तयार रहेको बताउँदै नगर उप्रमूख भरत गोपालीले प्रतियोगिता रोमान्चक हुनेमा विश्वस्त रहेको धारणा राखे । थाहानगरमा पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना हुन लागेको र उक्त प्रतियोगिताले नगरको खेलकुद विकाससंगै पर्यटन प्रवद्र्धनमा समेत विशेष योगदान पुग्ने गोपालीको अाँँकलन छ ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै खेलाडीहरुले थाहानगरमा भलिवल खेलको विकाससंगै सिंगो नगरकै खेल विकासमा अहिलेका जनप्रतिनिधिहरु तथा नगरका कर्मचारीहरु निस्वार्थ रुपमा लागि पर्नुपर्ने धारण व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै थाहा ३ का युवा खेलाडी उज्वल केसीले नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका खेलाडीहरुलाई उचित व्यवस्थापन तथा खेलाडी बीमाको व्यवस्थामा नगरपालिकाले ध्यान दिनुपर्नेमा बताए । त्यस्तै कराँते प्रशिक्षक दोङले विभिन्न स्थानहरुमा खेलको प्रतिनिधित्व गर्दै मेडल ल्याउन सफल भएका नगरका खेलाडीहरुलाई नगरपालिकाले उचित सम्मान तथा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका नगर अध्यक्ष अच्युतमप्रसाद ढकालले नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्वयम् दलका नेताहरु खेलकुदसंगै समग्र नगरको विकासको लागि दलिय स्वार्थ भन्दा पनि माथि उठेर अभ्यास गर्नुपर्ने बताउ । कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले खेलाडीहरुले खेलकुदको आयोजना मात्रै कुर्न नहुने र खेलाडीहरुले सदैव आफ्नो अभ्यासलाई कायम राख्नुपर्ने जिकिर गरे । खेलाडीहरुले कहिँ कतै प्रतियोगिता हुन लाग्दा मात्रै आफूहरु तात्तिने परम्परा रहँदै आएको कुरा झकझक्याउँदै त्यस्तो परम्पराले सोचे अनूरुपको उपलब्धि हासिल गर्न नसक्ने बताउँदै खेललाई निरन्तर अगाडि बढाउनको लागि व्यवस्थापकिय जिम्मेवारीमा नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए।

फरक सोचका संयोजक यादव जंग रायमाझीले थाहानगरमा पहिलो पटक हुन लागेको विच भलिवल प्रतियोगिताको लागि आयोजक टिमलाई शुभकामना व्यक्त गर्दै नगर खेल विकासका लागि आफू सदैव सकारात्मक रहि विविध अभ्यासहरु गर्दै आएको तर नगरपालिकाको भूमिका भने सोचे अनुरुप खास नरहेको बताए । रायमाझीले नगरपालिकालाई अबका दिनहरुमा खेल तथा खेलाडीहरुलाई सहयोग पुग्ने गतिविधिहरुमा थप प्रोत्साहन गर्न अनुरोध गरे । थाहानगर खेलकुद संयोजक टिकाराम स्याङतानले थाहानगरको खेलकुदको विकासलाई साँच्चै नै नयाँ र सुव्यवस्थित ढंगबाट अगाडि बढाउने र खेलकुद विकासका लागि आफूहरुले उचित तथा सहज मोडल निर्माण गरिरहेको बताए । स्याङ्तानले खेलाडीहरुको बीमा गर्नको लागि नगरपालिका सकारात्मक रहेको बताउँदै यसको प्रक्रिया शुरु गरिसकेको धारणा राखे ।

थाहानगरमा पहिलो पटक आयोजना गर्न लागिएको बिच भलिवल प्रतियोगितामा प्रथम हुने जोडिले नगद ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुने जोडीले १० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले प्रोत्साहन स्वरुप नगद ५ हजार र अनुशासित टिमले समेत ५ हजार रुपैयाँ पुरस्कार पाउने मुक्तानले जानकारी दिए । थाहा नगरपलिका वडा नं. ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा हुने प्रतियोगिता विजया दशमीको अवसर पारी आउँदो असोज १४ गतेबाट सुरु भई १७ गते सम्पन्न हुने थाहानगर भलिवल संघका सचिव सुजन बस्नेतले जानकारी दिए ।

कार्यक्रममा वडा नंम्बर २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नंम्बर ४ का अध्यक्ष नारायण बहादुर लामा, खेलकुद विकास समिति थाहा नगरका पूर्व संयोजक राजेश केसी, जनकल्याण माविका सहायक प्रधानाध्यापक मनोज रायमाझी, सोहि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान, थाहा ८ स्थित ईन्द्रायणी माविका अध्यक्ष सुमन कार्की, नेपाल गोजुरियो कराँते प्रशिक्षक मानसिं दोङ, थाहापाटीका कार्यकारी सम्पादक शम्भु अधिकारी, तामाङ घेदुङ नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ नेकपा माओवादी केन्द्र थाहानगर कमिटि अध्यक्ष विनोद कुमार लामालगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी