मकवानपुर जिल्लाका दश वटा स्थानीय तहमा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा भन्दा धेरै उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा भन्दा गत आर्थिक वर्ष २०७८–०७९ मा धेरै उजुरी परेका हुन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्षमा मात्र एक सय २४ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ४५ वटा मात्र उजुरी परेका थिए ।

यसैगरी थाहा नगरपालिकामा दुई वर्षको बिचमा ८ वटा उजुरी परेका छन् । इन्द्रसराेवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दुइ वर्षमा परेको सापकोटाले बताए ।

परेका उजुरीहरुको छानविन गर्ने र फछ्र्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए । मिडियासंगको सहकार्यमा अख्तियारको कार्यालयले काम गर्ने पनि जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी