हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट निस्कने फोहर व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको ८ औं कार्यपालिका बैठकले पालिका क्षेत्रबाट निस्किएका फाहेर व्यवस्थापनका लागि उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो ।

कार्यदलले उपमहानगरबाट उत्पादन भएका फोहर एकै ठाउ“ डम्पिङ गर्ने भन्दा पनि फरक ठाउ“मा फोहोर व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । हालको व्यवस्थापन खर्चिलो र जोखिम बढी भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउ“मा समेत फोहर व्यवस्थापन गर्न सकिने अध्ययनका लागि कार्यदल गठन गरेर काम गर्न लागिएको नगर प्रमुख लामाले बताइन् । अब पुरानै शैलीबाट फोहर व्यवस्थापनमा असहज अवस्था आएकाले नगर क्षेत्रका वडामा डम्पिङसाइट व्यवस्थापनका लागि कायर्ल दललेकाम गर्ने बताइएको छ ।

सबैक्षेत्रबाट उपमहानगरले निधार्रण गरेको डम्पिङसाइटसम्म फोहर ल्याउ“दा व्यवस्थापनमा कठिनाइ देखिएकाले सम्बन्धित वडाको फोहर व्यस्थापनका लागि अन्य ठाउ“ पहिचानका लागि कार्यदल गठन गरिएको उनले बताइन् । फोहर व्यवस्थापन कार्यदल सदस्यमा हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, ११ की अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्बा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुबेदी छन् ।

पालिका प्रेस
थप जानकारी