मकवानपुरको थाहा नगरपालिकामा पनि डँगु संक्रमित फेला परेका छन् ।

ज्वरोका कारण पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचारका लागि आएका १ जनामा डेँगुुको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका पुरुष उपचार पश्चात् आफ्नै घर फर्किएको स्वास्थ्य केन्द्रले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितको कन्ट्याक ट्र्सिङमा उनी हेटौंडाबाट फर्केपछि लक्षण देखा परेको बुझिएको छ ।

यसैबीच मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेँगुु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेँगुु संक्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ । हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेँगुु संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेँगुु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५डेँगुु बिरामी फेला परेको कार्यालयले जनाएको छ । मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

हेटौँडा र मनहरिका विभिन्न वडामा डेँगुुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईँले जानकारी दिए ।

डेँगुुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेँगुुुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए ।

एडिस जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने डँगुु रोग लागेमा उच्च ज्वरो, टाउको, हड्डी तथा जोर्नीहरुको दुखाई, शरिरमा खटिरा आउने, रिँगटा लाग्ने तथा बान्ता हुने जस्ता लक्षणहरु देखा पर्दछन् । विशेषगरी लामखुट्टे पाईने क्षेत्रमा सुत्दा झुल टाँगेर सुत्न तथा घर वरिपरी पानीको खाल्डाखुल्डी आदी पुर्न र सरसफाईमा विशेष ध्यान दिन, पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

 

 

प्रका
पालिका प्रेस
थप जानकारी