मकवानपुरको हेटौ“डा उपमहानगरभित्रका सहकारीमा आर्थिक अपचलनका घटना बढन् थालेका छन्। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप चार सहकारीमाथि लागेको छ । हेटौ“डा कार्यक्षेत्र बनाएर वर्षादैेिख काराबोर गर्दै आएका परुाना र नया“ गरी चारवटा सहकारीमाथि रकम हिनामिनाको आरोप लागेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आशंकामा अनसुन्धान भईरहेको नियमनकारी निकाय हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ ।

चार सहकारीमध्ये एक सहकारीको रकम हिनामिना घटना प्रहरीकोमा पुगेको र अन्य तीनवटा सहकारीमाथि हेटौंडा उपमहानगर पालिका कार्यालयले अनुसन्धान गरि रहेको छ । रकम हिनामिना भएको प्रमाणित भएपछि प्रहरीकोमा पुगेको घटना हेटौंडा–२, स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको हो । उक्त सहकारीमाथि उपमहानगरले अनुसन्धान गरिरह“दा बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजरुी दिएपछि सहकारीका सञ्चालक दुई जना पक्राउ परिसकेका छन् । बचतकर्ताहरूसँग हिनामिना भएको रकम ४६ लाख र अन्य बचत गरी ७६ लाख रुपैया“ फिर्ता गर्ने तीन महिने म्याद नाघेपछि सहकारीका अध्यक्ष धादिङ फलु खर्कका हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङ प्रहरी हिरासतमा पुगेका हुन् ।

सहकारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि साढे २ सय जना बचतकर्र्ता उजुरी लिएर प्रहरीमा पुगेका हुन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टके बहादरु कार्कीले जानकारी दिए । जनचेतनासँगै अन्य तीन सहकारीमाथि उपमहानगर पालिकाको उद्योग, सहकारी, पर्यटन शाखालेअनुसन्धान गरिरहेकोहो। शाखालेदर्इुसहकारीलाई१५ दिनको अल्टिमेटम दिएर कारोबारसम्बन्धि सबै कागजात पत्र उपलब्ध गराउन निर्देशन दिइसकेको छ ।

अल्टिमटेम दिइएको सहकारीको नाम भने उपमहानगरले खुलाएन । तत्कालीन डिभिजन सहकारीमार्फत् सञ्चालन भइरहेका सहकारी संघीयता कार्यान्वयनसँगै २०७४ सालदेखि हेटौ ंडा उपमहानगर पालिकामा दायित्व सरेर आएकाले त्यसको नियमन उपम हानगर पालिकाले नै गरिरहेको छ । उपमहानगरको उद्योग, सहकारी, पर्यटन शाखाले बचतकर्ताको बचत हिनामिना गरेको आशंकामा हेटौंडा– १ को एउटा र अर्को हेटौंडा–५ को सहकारीमाथि अनुसन्धान गरिरहेको छ । शाखा प्रमुख हिमप्रसाद पाडेलले अनुसन्धानका क्रममा रहेकाले नाम खुलाउन चाहेनन् । ६ दिनअघि उपमहानगरले १ र ५ नम्बर वडाका दुई सहकारीलाई सहकारी संस्थाको पा“च वर्षदेखिको आयव्वय विवरण, कानुनसम्मत भएको प्रमाणितसहित आन्तरिक लेखापरीक्षण बुझाउन निर्देशन दिइएको पौडेलले जानकारी दिए ।

‘सहकारी संस्थाहरू संवेदनशील हुनुपर्छ । सयौं गरिब, विपन्न, सोझासोझाको लगानी हन्ुछ । सहकारीहरूलेरकम हिनामिना गरेको आशंका लागेपछि हामीले अनुसन्धान थालेका हौं । दोषी देखिए हदैसम्मको कारबाही हुन्छ,’ शाखा प्रमुख पौडेलले भने । उपमहानगरपालिकाले ४ नम्बर वडाकै एक सहकारीमाथि पनि अनुसन्धान गरिरहेको छ । ४ नम्बर वडाको एक सहकारी सदस्यले ऋण काठमाडांिैस्थत एक बकंै बाट बभु mाएको तर ऋण रकम सहकारीले इन्ट्री नगरेको भनेर दुःख दिएको भन्दै उजुरी परपेछि कायार्ल यलेअनुसन्धान गरिरहेको छ । उपमहानगरले हेटौंडाका चार सहकारीमाथि अनुसन्धान गरिरहे पनि अन्य सहकारीमा पनि बचतकर्ताको बचत हराएको जनाइएको छ । अधिकांश सहकारीले जग्गामा बचतकर्ताको रकम लगानी गरेको र जग्गा बिक्री नहु“दा समस्या भएको बताईएको छ ।

पालिका प्रेस
थप जानकारी