• शम्भु अधिकारी/थाहा

मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा दश महिना अगाडि सदस्य सेवा केन्द्र विस्तार गरी सेवा प्रदान गरिरहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालय ललितपुरस्थित लगनखेलमा रहेको छ ।

थाहा नगरको विकास घर शिखरकोटमा थाहानगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । उद्घाटन समारोहका विशिष्ट अतिथी थाहानगरका उपप्रमुख भरत गोपाली रहेका थिए कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख विष्टले सदस्यहरुको बचतको सुरक्षाको लागि सेवाको स्तरलाई सुढृढ बनाउदै प्रभावकारीतामा वृद्धि गर्न सुझाव दिए । विष्टले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको भुमिका अपरिहार्य भएको बताउदै सदस्यहरुको आर्थिक सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक निजि र सहकारी क्षेत्र सहितको तीन खम्बे अर्थनीतिलाई प्राथमिकतामा राखेर काम गर्न सके थाहानगरको पनि आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहकारीले सदस्यहरूमा पु¥याएको सेवा र विविध क्रियाकलापले सदस्यहरूको आर्थिक, सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्न मद्दत पुगेको बताउदै छोटो समयमानै थाहानगरमा स्थापित हुन सफल भएकोमा संस्थालाई शुभकामना दिए ।

साधारणसभामा संस्थाका अध्यक्ष नवराज विष्टले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कार्यक्षेत्र भित्र छुट्टै पहिचान स्थापित गरी सामाजिक मर्म अनुरुप संचालित भै छोटो अवधिमा आफुलाई एक कुशल संस्थाको रुपमा परिचित गराउन सफल रहेको बताए । उनले संस्थाले सरोकारवाला व्यक्ति, समुदाय, बुद्दिजिबी, सहकारी विभाग, सरकारी निकायका नीति निर्देशन पुर्णरुपले पालना गर्दै सहकारी ऐन २०७४ को कार्यान्वयनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७८/०७९ को असार मसान्तसम्म २ करोड १६ लाख बचत तथा अन्य शिर्षक तर्फ १५ करोड ४८ लाख, ऋण सुरक्षण कोष ४८ लाख ५१ हजार भई लगानी तर्फ १६ करोड ३६ लाख तथा आम्दानी २ करोड ८१ लाख गरि खर्च तर्फ २ करोड ७३ लाख, संभावित नोक्सानी फिर्ता ६ लाख ६६ हजार गरि १५ लाख ३ हजार मुनाफा गर्न सफल रहेको बताउदै आर्थिक बर्ष ०७८/०७९ मा २० करोड ८० लाख ८४ हजार बराबरको आर्थिक कारोबार गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे।

संस्थाका अध्यक्ष नवराज बिष्टको अध्यक्षतामा भएको साभारणसभामा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, शिखर बचतका अध्यक्ष मधुसुदन बिष्ट, कुण्डलदेवी बहुउद्देश्यीयका ब्यबस्थापक राजन मिश्र,सहयोगी बचतका ब्यबस्थापक मोहनमान श्रेष्ठ ,पाथिभरा बचतका अध्यक्ष गोकर्ण बरुवाल,ग्रामीण पर्यटन ब्याबसायी सहकारीका अध्यक्ष शिवहरी बर्तौला, शिखरकोट बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, मुक्तिनाथ हरियाली कृषि सहकारीका अध्यक्ष माधव कार्की, पालुङ जेसिजका अध्यक्ष जयराम खत्री, नेपाल लाइफ इन्स्योरेन्स पालुङ शाखा प्रमुख नरहरी पौडेल, सेन्चुरी कमर्सियल दामनका प्रमुख आशिष गौतम, थाहापाटी अनलाइनका कार्यकारी सम्पादक शम्भु अधिकारीलगायत संघसंस्था तथा बित्तिय संस्थाका प्रतिनिधि तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।

सभामा उपस्थित सबैलाई संस्थाका सचिव प्रलाद महतले स्वागत गरेका थिय भने अनिता विष्टले कार्यक्रम संचालन गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी