विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा थाहानगरको विज्ञान शिक्षकको प्रथम नगर भेला जनकल्याण माविमा भएको छ ।

भेलाले जनकल्याणका बिज्ञान शिक्षक श्रीधर कार्कीको अध्यक्षतामा १३ सदस्यीय विज्ञान शिक्षक समाज थाहानगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जनकल्याणका प्रदिप केसी, सचिवमा सुन्दरीदेविका हेमन्त कुवर, कोषाध्यक्षमा स्वच्छन्द भैरव मावि चित्लाङका भुपेन्द्र गोपाली, सहसचिव जनकल्याणकै विक्रम मल्ल, सहकोषाध्यक्ष सर्मिला आले रहेका छन भने सदस्यहरुमा मिलन स्याङ्तान, सीता गोपाली, जयलाल स्याङ्तान, मिलन मोक्तान, प्रतिमा दाहाल, पिताम्बर घिमिरे, ॐप्रकाश कुमार पंडित रहेका छन भने मनोज रायमाझी, निराजन कुवर, नरेन्द्र प्रसाद सिंह सल्लाहकार रहेको समिती गठन गरिएको छ ।

नगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा भएको भेलालाई बिष्टले गणित पछि विद्यालयको नतिजामा प्रभाव पार्ने विषय विज्ञान भएको हुँदा सैद्धान्तिक भन्दा व्याबहारिक ज्ञानमा जोड दिदै सिक्दासिक्दै मूल्याकंन हुनुपर्नेमा जोड दिए । उनले विज्ञानको गुणात्मक शिक्षामा जोड दिदै गठित कार्यसमितिले यस विषयमा ध्यान दिने बताए ।शुभकामना दिदै शिक्षक महासंघ थाहानगर अध्यक्ष राजाराम कार्कीले विज्ञान र जगतलाई स्थानीय तहमा जोड्न संगठन आवश्यक भएको र खस्किदो नतिजालाई सुधार गर्न र पेसागत अप्ठेरालाई न्यूनीकरण गर्न समिती सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिए ।

शुभकामना मन्तब्यकै क्रममा बिज्ञान शिक्षक समाज मकवानपुरका जिल्ला अध्यक्ष खेमराज लामिछानेले समाज विसुद्द पेसागत संगठन तथा जिम्मेवारी भएको विषयगत संस्था भएको बताउदै मकवानपुरका दसवटै पालिकामा कार्यसमिती चयन गरेपछी बिज्ञान शिक्षण सिकाइको उपलब्धिमा काम गर्ने तथा पेसागत क्षमता अभिवृद्धि, शिक्षकमा र विद्यार्थीहरुलाई तथ्यमा आधारित भएर अध्ययन गराउनु उद्देश्य रहेको बताउँदै बिज्ञहरुबाट शिक्षकलाई पाठ्य सामाग्री अध्ययन तालिमको ब्यबस्था पालिकाले गर्नुपर्नेमा जोड दिए ।

श्रीधर कार्कीको अध्यक्षता तथा थाहानगरका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा थाहानगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल, विज्ञान शिक्षक समाज मकवानपुर जिल्ला अध्यक्ष खेमराज लामिछाने, जनकल्याण माविका सहायक प्रधानाध्यापक मनोज रायमाझी, शिक्षक महासंघ थाहानगर अध्यक्ष राजाराम कार्की, समाजका जिल्ला सचिव सुवास खनाल, समाजका हेटौंडा इकाई सचिव शुदर्सन पौडेल ,जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रीन, लगायत थाहा नगरका सामुदायिक विद्यालयमा बिज्ञान विषय अध्यापन गराउने शिक्षकहरुको उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी