• शम्भु अधिकारी

मकवानपुर थाहानगरको झम्केश्वरी माविमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा भएको भएको वक्तृत्वकला प्रतियोगितामा इन्द्रायणी मावि आग्रा–८ की छात्रा स्वस्तिमा थापा प्रथम भएकी छिन् । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल नाराकासाथ थाहानगर बाल संजालको आयोजनामा भएको “सामाजिक संजालको दुरुपयोग हटाउन सरोकारवालाको भुमिका’ विषयक वक्तृतवकला प्रतियोगितामा मत्स्यनारायण माविकी छात्रा आकृति बस्नेत दोश्रो, नाट्यश्वर मावि टौखेलकी छात्रा आकृति केसी तेश्रो तथा सरस्वती मावि देउखेलका छात्र दिपेन्द्र कार्कीले सान्त्वना भएका थिए ।

थाहा नगरपालिका सामाजिक विकास शाखा, महिला बालबालिका शाखा तथा शिक्षा शाखाको समन्वयमा झम्केश्वरीमा नगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रपितयोगिता भएको हो । प्रतियोगिताका विजयीहरुलाई थाहानगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले ८ हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे भने दोश्रो तथा तेस्रो र सान्त्वना हुनेले क्रमशः ६ हजार, ४ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक कुमार नेगी, थाहानगर शिक्षा शाखा अधिकृत माधवबिक्रम मल्ल र स्वच्छन्द भैरव माविका शिक्षक उदेशा पौडेल रहेका थिए ।

प्रमुख अतिथी उपप्रमुख भरत गोपालीले सामाजिक संजालको सकारात्मक र नकारात्मक दुवै पाटो भएकाले साइवर अपराध अहिलेको जल्दोबल्दो समस्याको रुपमा अगाडि बढिरहेकोले दुरुपयोगको अनुगमन सरकारी स्तरबाट नै हुनुपर्ने बताए । उनले बालबालिकाहरुले मोबाइलमा सिकाइ खोजिरहेका छन कि फ्रीफायर र पब्जी खोजिरहेको छन् यसबारे अभिभावकहरु चनाखो हुन आवश्यक भएको औल्याए । उनले प्रविधिको तिव्रगतिको विकाससंगै अवसर र चुनौति दुवै भएको बताए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले सामाजिक संजालको दुरुपयोग संसार भरको समस्या भएको बताउदै विकृति नराम्रोसंग बढिरहेको बताए । उनले सामाजिक संजालले ठुलालाई मात्र नभएर साना बालबालिकालाई समेत गाँज्दै लगेकोले सामाजिक संजाल प्रयोगको बारेमा कानून कडा बनाउनुपर्नेमा जोड दिए।

प्रतियोगितामा सहभागीहरुले बालबालिकालाई सामाजिक संजालबाट टाढा बनाउन शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिदै चुलेसीलाई तरकारी काट्न बाहेक अरु काट्न प्रयोग गर्दा दुरुपयोग हुने उदाहरण दिदै बालबालिका लाई सामाजिक संजालमा दुरुपयोग रोक्न समाज सरकार सबै सरोकारवाला निकायको भुमिका हुनेमा जोड दिएका थिए ।

थाहानगर बाल संजालकी अध्यक्ष खुशी गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा समिती संयोजक राजेन्द्रभक्त श्रेष्ठ, सामाजिक विकास समिती संयोजक दिनेश बल, थाहानगर सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सामाजिक विकास समिती सदस्यद्वय पबित्रा ठकुरी, जनक बिश्वकर्मा, महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, पत्रकार शम्भु अधिकारी, झम्केश्वरी माविका सहायक प्रधानाध्यापक प्रवीण विष्टलगायत नगरका ११ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी