मकवानपुर थाहानगरको शिखरकोटमा रहेको नवजागृत पुस्तकालयको ५४ औं साधारणसभाबाट अध्यक्षमा सुमन विष्ट निर्वाचित भएका छन् । जिल्लाकै पुरानो तथा ऐतिहासिक पुस्तकालयको रुपमा रहेको नवजागृत पुस्तकालय संचालनक समिति सर्वसम्मत निर्वाचित भएका हुन् । संस्थाको स्थापना दिवस पारेर आयोजना गरिएको साधारणसभा निर्वतनमान अध्यक्ष मधुसुदन रायमाझीको अध्यक्ष्तामा भएको थियो ।

साधारणसभाले संस्थाको सदस्यहरूमा जयन्ती रायमाझी, छमकला बस्नेत, अनिता बिष्ट, किशोर रायमाझी, इसाक केसी, मनोज रायमाझी, राजकुमार कार्की, शम्भु अधिकारी, विश्वनाथ रायमाझी र सुमन रायमाझी निर्वाचित भएका छन् । निर्वाचित पदाअधिकारीहरुलाई निवर्तमान अध्यक्ष मधुसूदन रायमाझीले माइन्युट हस्तान्तरण गर्दै पुस्तकालयको जिम्मेवारी युवा पुस्ताको काँधमा सुम्पिएकोे बताउदै नयाँ समितिले थाहानगरमा पठन सस्कृतिको विकासका लागि अभियान थाल्न अनुरोध गरे । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुमन विष्टले केही दिनमै पुस्तकालयको बैठकबसी विधान अनुसार पदाधिकारीहरुको टुङ्गो लगाउने बताए । उनले अग्रजले दिएको जिम्मेवारी तदकरुकताकासाथ पूरा गर्ने र पुस्तकालयलाई आधुनिक रुपमा व्यवस्थापन गरिने बताए ।

जिल्लाकै पुरानो पुस्तकालय नवजागृत पुस्तकालयको साधारणसभाको अवसरमा निवर्तमान अध्यक्ष मधुसूदन रायमाझीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजेश केसीको प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । कार्यक्रममा कोषाध्यक्ष केसीले पुस्तकालयको १२ लाख १८ हजारको आयब्यय प्रस्तुत गरेका थिए ।

पुस्तकालयका सचिब राजकुमार कार्कीले संचालन गरेको साधारणसभामा पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिब अरुण रायमाझी, शिखरकोट बजार व्यबस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी, शिखर क्लबका सल्लाहकार यादव रायमाझी तथा युवा बिनोद केसीले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले पुस्तकालय जिवित रहेको तर पाठकहरुको कमी भैरहेको चिन्ता ब्यक्त गर्दै प्लस टु तथा स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पुस्तकालयमा आकर्षित गर्न सके दुबै पक्षलाई फाइदा हुने बताएका थिए । उनीहरुले नवनिर्वाचित पदाअधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।