हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर १४ उत्कृष्ट वडा बनेको छ ।उपमहानगरको १९ वटा वडामध्ये १४ नम्बर वडा उपमहानगरकै उत्कृष्ट वडा बनेको हो ।

आव २०७८/०७९ को विकास निर्माण कार्य सम्पादनमा हेटौंडा उपमहानगरको मुल्यांकनमा १४ नम्वर वडा प्रथम भएको छ भने १५ नम्बर वडा दोस्रो भएको छ । प्रथम हुने वडाले नगद २० लाख रुपैयाँ र दोस्रो हुने वडाले १५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । हेटौंडाको उत्तरपानीमा बाटो स्याल्ब ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कार्यसम्पादनमा उत्कृष्ट वडा बन्न सफल भएकोमा बधाई दिए ।

उनले आगामी दिनमा पनि कार्यसम्पादनलाई यहि गतिमा निरन्तरता दिन बानियाँले आग्रह गरे ।उपमहानगरमा विकास निर्माणको कार्यसम्पादनमा उत्कृष्ट वडा घोषित भएपश्चात् हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काले विकास निर्माणको काममा लागि पर्न झन ऊर्जा थपिएको बताए । उनले वडाबासीको समस्याहरु समाधानसँगै विकास निर्माणमा आफ्नो दोस्रो कार्यकालमा वडाको विकासमा थप जोड दिने बताए ।

पालिका प्रेस
थप जानकारी