मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ३ को विकट टोल इक्चुङमा स्वास्थ्य इकाइको भवन निर्माण गरिएको छ । भवनको ३१ भाद्रमा एक समारोहका विच बागमती प्रदेश सभासद् तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् ।

भीमफेदी गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष तथा स्वास्थ्य इकाइ सहयोग संञ्चालन समितिको अध्यक्ष प्रितिलाल लामाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री मोक्तानले भवन निर्माणमा आर्थिक तथा प्राविधिक सहयोगी च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपानेलाई दोसल्ला सहित कदरपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा स्वास्थ्य इकाइ भवन निर्माणका लागि एक रोपनी जग्गा प्रदान गर्ने जग्गादातालाई पनि दोसल्ला तथा कदरपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका स्वास्थ्य संयोजक ध्रुुव लामिछानेले उक्त स्वास्थ्य इकाइबाट भीमफेदी मात्र नभएर मकवानपुरगढी गाउँपालिका वडा न ७ र ८ औखरे र बौखरेका समेत जनताले प्रत्यक्ष सेवा लिन सहज हुने बताए । यसैगरी भीमफेदी स्वास्थ्य संयोजक रामनाम थिंङले आउदो २ असोजबाट स्वास्थ्य इकाइमा उपचार सेवा प्रदान गर्न एक अहेव, एक अनमि, एक का.स.खटाइ सकेको र आवश्यक परीक्षण सामग्री औजारहरू उपलब्ध गराइएको बताए ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिनले इक्चुङमा स्वास्थ्य इकाइबाट मकवानपुरगढी गाउँपालिकाका जनताले समेत उपचार सेवा पाउने भएकोले गाउँपालिकाले थप एक अनमिको दरबन्दी सहकार्य गरिने र उक्त प्राबधिकबाट प्रसुति सेवा सञ्चालनमा ल्याउन आगामी मंसिर महिनामा संम्झौता गरिने प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रम समापन गर्दै अध्यक्ष लामाले यसै आर्थिक वर्षमा भवनको थप तल्ला निर्माण गरी स्टाफ क्वार्टर सहित सेवा प्रदान गर्ने बताए ।

पालिका प्रेस
थप जानकारी