थाहानगरपालिकामा ३ वर्षदेखि संचालनमा रहेको बाल सपना परियोजनाको मुल्याङ्कनसहित छलफल तथा अन्तरक्रिया भएको छ । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको व्यवस्थापन तथा प्लान इन्टरनेशनलको सहकार्यमा ‘बालबालिका नै राष्ट्रका भविष्य हुन’ भन्ने ध्ययका साथ संचालनमा रहेको सुनौला हजार दिन अन्तर्गत बाल सपना कार्यक्रमको विषयमा अन्तिम मुल्यांकन तथा परियोजना अन्तर्गतको उपलब्धि बारे ४ असोजमा छलफल कार्यक्रम भएको हो । पालिकामा स्वास्थ्य शाखासंगको सहकार्यमा कार्यक्रम गरिएको हो ।

नयाँगाउँको पाइनस होटलमा आयोजित कार्यक्रममा थाहानगर भित्र रहेका गर्भवती तथा शिशु स्याहारमा आमाको मात्र भूमिका नभएर परियोजना संचालन भएयता त्यस्ता कार्यमा पुरुष तथा घरका सासू ससुराको समेतमा सहभागिता बढ्दै गएको पाइयको परियोजनामा संलग्न परिचालकहरुले अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल सपना परियोजना बाहेक संस्थाले संचालन गरेको अभिभावक शिक्षाको प्रभावकारिता उपलब्धि बारेमा जानकारी गराइयको थियो। स्वास्थ्य स्वयंसेविकाहरुले थाहा नगरपालिकामा अभिभावकहरुले आफ्ना नानीबाबुलाई गर्ने व्यवहारमा परिवर्तन आयको बताउदै बालबालिकाको बोलचाली, पढाई, खानपिनसहित व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए । परियोजना संचालनभएपछि अभिभावक र बालबालिकाको दैनिक व्यवहारमा समेत परिवर्तन आएको सहभागीहरुले बताए ।

कार्यक्रममा थाहानगरको परियोजनाको मुल्यांकन गर्दै प्लानका मुल्यांकनकर्ता दिपा सिंहले अभिभावकले आफ्ना बालबालिकासंग गरेका सकारात्मक अन्तरक्रिया, बालबालिका माथि अभिभावकको हिंसाको प्रयोगमा न्यूनीकरण आएको, बालबालिकाले आफुमाथी हुने हिंसाको रिपोर्ट गर्ने कार्य बढेको, ३ वर्ष मुनिका बालबालिकाहरुको गतिविधी अभिभावकले पहिचान गर्न सकेको, अभिभावकहरुले बालबालिकाको स्वास्थ्य र पोषणको बारेमा ख्याल राख्ने कुरामा वृद्धि भएको लगायत परियोजनाले जारी गरेको सूचकको प्रभाव बारेमा अन्तिम मुल्यांकन प्रस्तुत गरिन् ।

थाहानगरका उपप्रमुख भरत गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ नम्बर वडा अध्यक्ष नारायण लामा, ५ का बिष्णु बहादुर गुरुङ, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, एकीकृत ग्रामीण विकास सेवा मकवानपुरका सचिव मिनराज पौडेल, संस्थाकै कार्यक्रम प्रमुख संजिव कुमार जोशी, थाहानगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामी, थाहानगर शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मी, प्लान इन्टरनेशनल काठमाडौका अनुगमन तथा मुल्यांकन प्रमुख दिपा सिं, प्लानका बाल परियोजनाका मिहिर कुमार झालगायत स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्यकर्मीहरु, परियोजनाको अभिभावक शिक्षामा सहभागी, सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी