मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्यण माविले विद्यार्थीहरुलाई सम्मान गरेको छ । ७ असोजमा एक कार्यक्रमको आयोजना गरी जनकल्याणले एसइई २०७८ मा उत्कृष्ट जिपिय हासिल गर्ने, कक्षा १२ तथा सिटिइभिटी बाली विज्ञान डिप्लोमा तहमा उत्कृष्टसहित राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता २०७८ मा उत्कृष्ट र विजेता हुने खेलाडी विद्यार्थीहरुलाई बधाई सम्मान गरिएको हो ।

थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा उत्कृउष्ट विद्यार्थीहरुलाई प्रमुख अतिथी तथा विशिष्ट अतिथीले प्रमाणपत्र तथा नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा एसइइतर्फ ए प्लस ल्याउन सफल रोनिसा कार्की, तथा ग्रेड ए ल्याउने यस्तर थिङ, मनोज कार्की, स्पृहा कार्की र इश्वरी कार्की सम्मानित भए । त्यस्तै दशजोड दुई अन्तर्गत स्वस्तिका थोकर, मन्जरी अधिकारी, रोमन बलामी, पुर्णिका कार्की सम्मानित भए भने सिटिभिटी तीनवर्ष बाली बिज्ञानतर्फ सहारा बस्नेत, कृतिका ढकाल, कृस्टी ढकाल र अमिसा स्याङ्तानलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ मा अध्यक्ष हिरेन्द्र रायमाझी, शिक्षाप्रेमी तथा झलकचन्द्र शिक्षा ज्योति छात्रवृत्तिका संयोजक सुवासचन्द्र विष्ट, पुर्व शिक्षक बिमलकुमार विष्ट, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, पत्रकार शम्भु अधिकारीलगायत शिक्षक, विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी