मकवानपुरको थाहा नगरपालिका ६ नम्बर ६ को कार्यालय तथा लभग्रीन नेपालको संयुक्त आयोजनामा ८ असोजमा बज्रबाराही बजार तथा धार्मिक क्षेत्र सरसफाइ गरिएको छ । ‘आफ्नो ठाउँ आफै सफा गरौ’ भन्ने नाराका साथ बज्रबाराही बजार ब्यबस्थापन समिति समेतको सहकार्यमा सरस्वती बजार, बज्रबाराही मन्दिर परिसर, नन्दीकेश्वर, पशुपति, गणेश स्थानको सफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा इअन इंग्लिस एकेडेमी, सरस्वती इंग्लिस बोर्डिङका विद्यार्थीहरु, सुनौला माविका स्काउट ट्रुपको साथै स्थानीयहरु र अस्थायी प्रहरी चौकीका प्रहरी, चनबन ब्यारेकका सहसेनानी मदन श्रेष्ठको कमाण्डमा ४५ जवान सेनाको सहभागिता रहेको थियो।

कार्यक्रममा ६ नम्बर वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले सफाइ सभ्यताको पहिचान भएको बताउदै आफ्नो ठाउँ आफैले सफा गर्नुपर्नेमा जोडदिए । ससफाई सम्बन्धी कार्यक्रम टोल टोलमा संचालन गर्न बजार ब्यबस्थापन समिति लागिपर्नु पर्ने र त्यसको लागि आवश्यक सहयोगको लागि नगरपालिका तथा वडा सदैव तयार रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सरसफाई कार्यक्रम सरस्वती बजार ब्यबस्थापन समितिका अध्यक्ष राजभाइ श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी