थाहानगरमा सदस्य सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले डिजिटल कारोबारको शुरु गरेको छ । यस अन्तर्गत सहकारीले थाहानगरका अटो व्यवसायीहश्रलाई क्युआर वितरण सुरु गरेको छ ।

संस्थाको आठौं साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष नवराज विष्टले ११ व्यवसायीलाई क्युआर कोड वितरण गरेर यहाँ उक्त सेवा शुरु गराएका हुन् । यसको अवलवा मंगलदीप सहकारीको मोबाईल बैंकिङ सेवा पनि रहेको छ । ‘मंगलदिप स्मार्ट एप’ बाट विभिन्न प्रकारको क्यासलेस कारोवार गर्न सकिने थाहानगर सेवा केन्द्रका व्यवस्थापक गणेश विष्टले बताए ।

मोबाइल रिचार्ज सेवा, पानी बत्तीको बिल, जुनसुकै ईन्टरनेटको रिचार्ज, डिसहोम रिचार्ज, ईन्सुरेन्स प्रिमियम तिर्न, ईसेवा खल्ती लोड, प्लेन टिकेट बुक, टपअप सेवा, टुटल पठाओलाई पेमेन्ट, डाटा प्याक सेवा तथा जुनसुकै बैंक खातामा सहजै ट्रान्सर्फमर पनि गर्न सकिने मंगलदिपका विष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी