मकवानपुर थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पालुङ बहुउद्देश्यीय सहकरी संस्थाले १५ असोजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख गोपालीले यस्तो बताएका हुन् । सहकारीले आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भरत गोपालीले नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा चाडपर्वले आपसमा सदभाव अभिवृद्धि गर्न योगदान दिएको बताए । गोपालीले भने–‘चाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा सहयोग पु¥याउँछ, त्यसैले चाडपर्वको महत्व कम आँक्न हुँदैन, यिनको संरक्षण गर्नुपर्छ ।’

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमको विशेष अतिथी जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल रहेका थिए । सहकारीका संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली, पुर्व संचालक समितिका पदाधिकारी, वर्तमान संचालक समितिका सदस्यहरु, कर्मचारीहरु शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

यसैबीच पालुङ जेसिजले पनि नजिकिदै गैरहेको दशै, तिहार, छठ, नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । होटल उत्सव प्लाजामा भएको कार्यक्रममा जेसिज २०२२ का पदाधिकारी तथा पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष भरत गोपालीलाई थाहानगरको उपप्रमुखमा निर्वाचित भएको उपलक्ष्यमा नेपाल जेसिजले प्रदान गरेको सम्मानपत्र हस्तान्तरण गरियको थियो।

त्यस्तै १५ असोजमै इलाका प्रहरी कार्यालय पालुङले पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पालुङ प्रहरीको कार्यक्रममा थाहा नगरका संघसंस्थाका प्रतिनिधि, पुर्व जनप्रतिनिधी हालका जनप्रतिनिधिहरुको उपस्तिथीमा कार्यक्रम भएको हो ।

पालिका प्रेस
थप जानकारी