मकवानपुरको थाहा नगरपालिकामा वर्षैपिच्छे आयोजना हुने विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको मिति तय भएको छ । थाहा–२ मा रहेको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना हुने प्रतियोगिता ६ देखि ८ कात्तिकसम्म फाँटबजारमा संचालन हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ कात्तिकसम्म टिम दर्ता गरिसक्नूपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले टिम दर्ता शुल्क प्रतिटिम तीन हजार रुपैयाँ तोकेको अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ । प्रतियोगिताका लागि टिम दर्ता गर्न आयोजकले आव्हान गरेको छ । थाहामा पाँचवर्ष अघिबाट यस प्रतियोगिता निरन्तर संचालन भैरहेको छ ।

पालिका प्रेस
थप जानकारी