कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रशारण गर्न थालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रशारण सुरु गर्न लागेको बताए । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रशारण गर्न लागिएको पाण्डेले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी