मकवानपुरको थाहानगरमा संचालन भएको प्रथम स्वच्छन्द भैरव नगरस्तरीय खुल्ला कराते प्रतियोगितामा आयोजक प्रथम भएको छ । स्वच्छन्द भैरवले ८ स्वर्ण, ४ रजत र १४ कास्य सहित प्रथम हुन सफल भएको हो । नेपाल सितोरियो कराते डो संघ शाखा डोजो स्वच्छन्द भैरव चित्लाङले १९ कात्तिकमा थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङको माझगाउँ हात्तिसारमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र १३ कास्य सहित गोजिरियो थाहा डोजो पालुङ दोश्रो र ५ स्वर्ण, ७ कास्य र ७ रजत सहित बज्रवाराही डोजो तेश्रो हुन सफल भए । सम्राट बलामीको सभाध्यक्षतामा भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए । समारोहमा थाहानगर उपप्रमुख भरत गोपाली, थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान, वडा नम्बर ९ का अध्यक्ष राजकुमार वलामीलगायतका आतिथ्यता रहेको थियो ।

प्रतियोगितालाई स्वच्छन्द भैरव युवा क्लव, न्र्पाल तरुण दल, तलेजु युवा क्लवले सहयोग गरेको आयोजकले बताएको छ ।

पालिका प्रेस
थप जानकारी