काठमाडौँ महानगरपालिकाले खुला रूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ।शुक्रबार महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

खुला रूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।

लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

महानगरपालिका वरपरका नगरपालिकामा पनि खुला रूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ। यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ।

पालिका प्रेस
थप जानकारी