हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री वडा घोषणाको लागि तयारी कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

वि.सं. २०८० आश्विन मसान्त भित्र यस वडालाई वालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने सर्बपक्षिय व्यक्तित्वहरुबाट प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रममा प्रशिक्षक विष्णु प्रसाद चौवे, स्वागत मन्तब्य वडा सदस्य एवम् सम्पर्क ब्यक्ति सविना विडारी, कार्यक्रमको उद्देश्य महिला वालवालिका विकास महाशाखा प्रमुख विष्णु कुमारि लामिछाने, सभाअध्यक्ष वडा अध्यक्ष ढलक बहादुर थापा, कार्यक्रम संचालन वडा सचिव महेन्द्र चापागाईंले गरेकी थिइन् ।

कार्यक्रममा यस वडाका पदाधिकारी, राजनैतिक दल, स्वास्थ्य संस्था प्रमुख, विद्यालयका प्रधानध्यापक, बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लवका पदाधिकारि, १५ वटा टोल विकास संस्थाका पदाधिकारिहरुको उपस्थिति र प्रतिबद्धता पत्रमा दस्तखत समेत भएको वडा नम्बर–३ का सचिब महेन्द्र चापागाँईले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी