धुलिखेल नगरपालिका

धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न नगगरपालिका जुटिरहेको छ । त्यसको लागि स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने काम गरिरहेको छ  ।

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । स्वास्थ्य चौकीमा निःशुल्क पाइने ६५ थरिका औषधि पर्याप्त बनाएर नागरिकलाई स्वस्थ बनाउने र अवस्था बुझ्न सर्वेक्षण गरिरहेको धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए ।

“नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाइनेछ, स्वास्थ क्षेत्रमा गुनासा नआउने गरी अभियान नै थालिएको छ”, उनले भने ।
पालिका प्रेस
थप जानकारी