मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कृषिमा अनुदान दिने भएको छ । लागत सहभागिताको आधारमाअनुदान दिन पालिकाले सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गरेको छ ।

पालिकाले प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रममा ७० प्रतिशत अनुदान दिन प्रस्ताव आव्हान गरेको छ भने कृषि यान्त्रिकरणमा ५० प्रतिशत अनुदान दिने सूचनामा उल्लेख गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आव्हान गरिएको अनुदान पाउनका लागि पालिका क्षेत्रका कृषि सहकारी, कृषक समूह र कृषि फार्महरुले प्रस्तावना पेश गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।

अनुदानका लागि प्रस्ताव पेश गर्दा किसानहरुले कृषक समूह तथा कृषि सहकारीको बैठकको निर्णय प्रतिलिपी, वडा कार्यालयको सिफारिस, कृषक समूह तथा कृषि सहकारीको दर्ता प्रमाण पत्र प्रतिलिपी तथा नविकरण, स्थायी लेखा नम्बर तथा कर चुक्ता प्रतिलिपीलगायतका कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना !

पालिका प्रेस
थप जानकारी