मकवानपुर हेटौंडा उपमहानगरपापलिकामा सामुदायिक तथा घरपालुवा कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा बन्ध्याकरण कार्यक्रम भएको हो ।

उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नगर प्रमुख लामाले कुकुर समुदायको रक्षा गर्ने प्राणी भएकोले यसलाई समुदायको मानिसले दुःख नदिई पालन पोषण गर्नुपर्ने साथै सडकमा छाडा छोडीएको कुकुरको आतंकले दिन दिनै मानिस अस्पतालमा भर्ना हुन परेकोले यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

२ सय वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको शिविर १३ र १४ पुस दुईदिनसम्म संचालन हुने पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले बताए । शिविरमा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख डाक्टर टंक प्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डाक्टर अर्जुन अर्याल, डाक्टर कमल अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी