मकवानपुरको भिमफेदी गाउँपालिकाका ५० कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक तथा घरपालुवा गरी ५० वटाको बन्ध्याकरण गरिएको भिमफेदी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रुबिन घर्तीले जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजना र भीमफेदी गाउँपलिका पशु सेवा शाखाको समन्वयमा १५ पुसमा संचालित शिविरमा भाले २३ र पोथी २७ वटाको बन्ध्याकरण गरिएको हो । शिविरमा केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर, काठमाडौंको प्राविधिक सहयोग रहेको घर्तीले जानकारी दिए ।

पालिकाले संचालन गरेको शिविरमा सहयोग गर्ने सम्पूर्णलाई शाखा प्रमुख घर्तिले धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी