मकवानपुरको बागमती गाउँपालिकाका ३० जना भूमिहिन सुकुम्बासीलाई १७ पुसमा लालपुर्जा वितरण गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ४ का २८ जना र ५ नम्बरका २ जना गरी ३० जना भूमिहिन सकुम्बासीलाई पुर्जा वितरण गरेको हो ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी समाजिक विकास मन्त्री कुमारी मोक्तानले हिजो जनताकै अधिकारका लागि लडेर आएकाले नै फलस्वरुप जनताले अहिले हातहातमा पुर्जा पाउन सफल भएको जिकिर गरिन् । उनले स्थानीय सरकारको पहलले आज यो सुनौलो अवसर जनताले पाउन सकेको बताइन् । कार्यक्रममा विशिष्ट अतिथि एवं क्षेत्र नम्बर १ प्रदेशसभा (क) का सांसद प्रेमबहादुर पुलामी (छिन्तु) ले स्थानीय सरकार, घर–घरमा सिंहदबार भन्ने नाराले यस कार्यक्रमले पूर्णता पाएको उललेख गरे । जनताको लागि स्थानीय सरकार कति सक्रिय छन् भन्ने विषय यस कार्यक्रमले पुष्टि गरेको उनको भनाई छ ।

कार्यक्रमका अध्यक्ष एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाका १० हजार भूमिहिन, सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न बाँकी रहेको बताए । उनले ८ हजार पुर्जा तयारी अवस्थामा रहेको तर, स्थानीय र प्रतिनिधि/प्रदेश निर्वाचनले गर्दा ढिलाई भएकाले १७ पुसमा ३० जनालाई मात्र वितरण गरिएको उनको भनाई छ । उनका अनुसार पुर्जा विरतणलाई निरन्तरता दिइनेछ । देशैभर भूमिहिन सुकुम्बासीलाई पुर्जा वितरण भएको जिल्लामा मकवानपुर र चितवन रहेको छ । मकवानपुर जिल्लामा पनि बागमती गाउँपालिकामा यसको सुरुवात भएको छ । यसअघि पालिकाले २०७७ साल चैतमा ३ जनालाई पुर्जा वितरण गरेको थियो । यो समेत गरेर हालसम्म पालिकाका ३३ जनाले पुर्जा पाएका छन् ।

कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष विष्णु दाहाल र नीति तथा योजना आयोग बागमती प्रदेश सदस्य प्रल्हाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

फोटो सौजन्य: निशा ढुङ्गाना/बागमती

पालिका प्रेस
थप जानकारी