कृषि ज्ञान केन्द्र ललितपुरको आयोजनामा रैथानेबाली प्रवर्द्वन कार्यक्रम सम्बन्धी सरोकारवाला निकायहरु बीच अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायण कुमार श्रेष्ठको सभाध्यक्षता र ललितपुरका जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यातामा संचालन भएको कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेकोे थियो ।

साथै सो कार्यक्रममा उपत्यका भित्रका स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुखहरु, रैथानेबालीका अभियन्ताहरुका साथै सञ्चारकर्मीहरु लगायतकाको समेत सहभागीता रहेको कार्यक्रममा सहभागी मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकामा संचालन भईरहेको रैथानेबाली प्रवर्द्वन कार्यक्रमको विषयमा कृषि शाखा प्रमुख चौधरीले प्रस्तुतीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी