अति लोपोन्मुख अवस्थामा रहेको शान्त स्वभावको स्तनधारी जनावर सालकलाई मकवानपुर जिल्लाको गौरबको जनवारकोरुपमा घोषणा गरिने भएको छ । डिभिन वन कार्यालय राप्तीको अगुवाईमा सालकलाई यहि फागुन ६ गते जिल्लाको गौरबको जनावरकोरुपमा घोषणा गर्न लागिएको राप्ती डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।

फागुन ६ गते अन्तराष्ट्रीय सालक दिवस मनाइने गरिन्छ । सोही अवसरमा एक कार्यक्रमका विच सालकलाई मकवानपुर जिल्लाको गौरबको जनावरकोरुपमा घोषणा गर्न लागिएको हो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको संख्या राम्रो रहेको आचार्यले बताए । सालकको मासुले रोगव्याधी काट्ने पोषिलो हुने अन्धविस्वास, यसको खपटा दबाई हुन्छ, अन्तराष्ट्रिय बजारमा बिक्रि हुन्छ भन्ने भ्रमका कारण चोरी निकासी भई लोप हुँदै गएको उनले बताए । साथै साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले यो लोपोन्मुख अवस्थामा पुगेको हो ।

यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजनाहरु समेत सार्वजनिक गरी अगाडी बढाइएको आचार्यले बताए । सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरु भइरहेको उनले बताए ।

–मनहरीलाइभबाट

पालिका प्रेस
थप जानकारी