सोनाम ल्होसारको अवसरमा थाहा नगरको टिस्टुङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । टिस्टुङ सोनाम ल्होसार मुल समारोह समितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ११ स्थित वागेश्वरी माविको प्रांगणमा २० माघमा सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई मकवानपुर क्षेत्र न २ का प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले उद्घाटन गरे । प्रमुख अतिथी बर्तौलाले पुर्खाले आर्जेको, भाषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने बताए । भाषा धर्म संस्कृति हराए हामी रहनुको कुनै अर्थ नरहने उनको भनाई थियो । उनले भने–‘हाम्रो पुर्खाले आर्जेको भाषा धर्म संस्कृति रह्यो भने हामी रहेको सार्थकता रहन्छ, हाम्रो परम पुज्यहरुले आर्जेको थिति नै रहेन भने हामी रहनुको कुनै अर्थ रहदैँन ।’ भाषा, धर्म, संस्कार र संंस्कृति बचाउन आफु सधै भरी लागिरहेको र लागि रहने प्रतिवद्धता जनाउँदै सांसद बर्तौलाले आफ्नो धर्म संस्कृति बचाउन त्यो वा यो पार्टी नभनी राजनितिबाट माथि उठेर सबै एक जुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी थाहानगर प्रमुख विष्णु बहादुर विष्टले नेपाल बहु धार्मिक, बहु साँस्कृतीक देश भएकोले यहाँको संस्कृती एवम् परम्पराहरुलाई संरक्षण, संवद्र्धन गर्न आवश्यक रहेको बताउदै स्थानीय पाठ्यक्रममा तामाङ भाषामा अध्यापन गराउन पाठ्यक्रम तयारीको लागि नगरले बजेट समेत बिनियोजन गरिसकेको बताए । कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीले सबै जात जाती भाषा भाषीहरुको संरक्षण गर्ने योजना, थाहा नगरपालिकाको रहेको बताए । उनले पाश्चात्य संगित तर्फ वर्तमान पुस्ताको आकर्षण रहेको बताउँदै आफ्नो मौलिक संस्कृतिकको पनि उत्तिकै जर्गेना गर्नुपर्नेमा जोड दिए । उनले यस्ता विभिन्न जातजातीका आ–आफ्नो सँस्कार सँस्कृतीलाई पर्यटन प्रवद्र्धन सँग जोड्न सके थाहाको पर्यटन विकासमा सहयोग पुग्ने बताए । दुई दिनसम्म संचालन हुने सांस्कृतिक कार्यक्रममा हास्यकलाकार रजनी खड्का, रोहित कार्की, केशव सापकोटा, गायक जीवन बोम्जन, संगितकार बिश्व दोङ, गायक संजिव वाइवा, अविराम मोक्तान, अशोक लामा, गायिका रेश्मा बोम्जन लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको छ ।

टिस्टुङ सोनाम ल्होछार मुल समारोह समितिका अध्यक्ष राजिव कुमार लामाको अध्यक्षतामा सम्पन्न सांस्कृतिक कार्यक्रम उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दिनेश बल, १२ का अध्यक्ष टिकाराम स्याङ्तान, नेपाल तामाङ घेदुङ संघका सह अध्यक्ष कुमार घिसिङ, घेदुङका मकवानपुर जिल्ला सचिवालय सदस्य किरणमान बल, लगायतका उपस्थिति रहेको थियो। तामाङ समुदायले नयाँ पर्वको रुपमा सोनाम पर्व मनाउँदै आएका छन् । हयोयी÷ल्हो बिरालो बर्षका रुपमा मनाईन्छ । अहिलेसम्म तामाङ समुदायले २५५९औँ बर्षका रुपमा यसपटक यो पर्व मनाउँदै छन् । सोही अवसरमा विगतका बर्षमा झै यसपटक सांस्कृतिक कार्यक्रम सहित सोनाम पर्व मनाउन लागिएको आयोजक समितिका मंगल तामाङले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी