इन्द्रसरोवर गाउँपालिकाको निर्माणाधिन पालिका प्रशासनिक भवनको स्केच ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले गरिब परिचयपत्र वितरण गर्ने भएको छ । पालिका अन्तर्गतको ५ वटै वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने सार्वजनिक सूचना गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट गाउँपालिकामा संकलित तथ्याङ्कको विश्लेषण, प्रारम्भिक सूची प्रकाशन तथा गुनासो व्यवस्थापनबाट प्रशोधित तथ्याङ्कको आधारमा मन्त्रालयले गरेको निर्णय अनुसार परिचयपत्र वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले जानकारी दिए । पालिकाले सूचना प्रकाशन गर्दै १ सय १८ परिवारलाई गरिब परिचयपत्र वितरण गर्न लागेको सूची समेत सार्वजनिक गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाले यहि फागुन १५ गतेबाट १९ गतेसम्म पालैपालो ५ वटै वडा कार्यालयबाट परिचय पत्र वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए । पालिकाको सूचना अनुसार फागुन १५ गते वडा नम्बर १ बाट परिचय पत्र वितरण हुनेछ । १६ गते वडा नम्बर २ बाट, १७ गते ३ बाट, १८ गते ४ बाट र १९ गते वडा नम्बर ५ बाट गरिब गरिचयपत्र वितरण गरिने छ ।

सूचनाः

पालिका प्रेस
थप जानकारी