हेटौंडा उपमहानगरपालिकाको हटियामा प्राङ्गारिक मल तथा बनस्पतिक विषादी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा महिलाहरुलाई वनस्पति विषादी बनाउन एक दिने तालिम सम्पन्न गरिएको थियो ।
कारीतास नेपालको आर्थिक सहयोगमा सृजनशील नेपालद्धारा हेटौंडा १६, १७ र १८ मा संचालन भइरहेको सामाजिक कल्याण तथा दिगो कृषिको लागि महिला सशक्तिकरण परियोजना अन्तर्गत सृजनशील नेपाल तथा त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने तालिम सम्पन्न भएको हो । स्थानीय स्तरमा पाइने स्रोत साधनको उच्चतम प्रयोग गदै प्राङ्गारिक मल तथा बनस्पतिक विषादी कसरी बनाउने भन्ने बारेमा प्रयोगात्मकतवरबाट प्राङ्गारिक मल तथा बनस्पतिक विषादी बनाइ प्रदर्शन गरिएको थियो ।
स्थानीय स्तरमा पाइने असुरो, बनमारा, रुदिलो, सिस्नु लगायत कलिलो घासँहरु संगै गोबर, पशुमुत्र, प्राङ्गारिक पदार्थ भएको माटो, पिना, चुन तथा भान्सामा सजिलोसंग उपलब्ध हुने सख्खर, लसुन, अदुवा, खुर्सानी लगायतको सामाग्री प्रयोग गरी किटनाशक झोल मल तयार गरिएको थियो ।
विशेषगरी हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ । मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकरात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ । यस कारण स्थानीय स्तरमा उपल्बध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कृषि पर्यावरणमा सुधार ल्याई किसानहरुको मल तथा बिषादिमा पहुँच पुर्याउन साथै किसानहरुलाई कृषि पर्यावरणीय खेतीतर्फ आकर्षित गर्नका निम्ति यसरी प्राङ्गारिक मल तथा वनस्पतिक विषादी बनाउने प्रदर्शनी एंव अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सृजनशील नेपालका अध्यक्ष शान्ता बरालले बताइन् । उनले स्थानीय निकायले समेत प्राङ्गारिक मल तथा वनस्पतिक विषादीको प्रयोगलाई प्रोत्साहन र उत्पादनमा जोड दिन पर्ने बताइन् ।तालिममा सहभागि महिलाहरुलाई एक÷एक थान हजारी समेत वितरण गरिएको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्