कपडाको व्यवसायमा मंहङगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिम मार्फत पोख्त बन्दै गरेका नगरभित्रका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका हुन् ।

उपमहनगरको सहकार्यमा गरिवी निवारणका लागि लधु उद्यम बिकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी बेसिक तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका हुन् । उपमहानगरपालिकाले हेटौंडा, १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनिहरुले तालिम दौराहन ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् ।
उपमहानगरले ३ लाख रुपियाँको लगानि गरेर तिन वटा वडाका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिएको थियो । तालिमको लिएका महिलाहरुले निकै महंगो मुल्यका सामानहरु उत्पादन गर्न थालेको उद्योग बिकास महाशाखाले जनाएको छ ।

सहभागिलाई १२ वटा तान मार्फत ढाकाका बिभिन्न सामान उत्पादन गरीरहेकाहरुलाइ उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले तालिम पछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न प्रत्साहन गरीन् । उनले सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्नु पर्ने बताइन् । उनले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्ने बताइन् । अहिले उपमहानगरले हेटौंडा ४ मा महिलाहरुले उत्पादन गरेको बिभिन्न सामग्रीहरु बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याएको छ । कोशेली घरबाट उपमहानगरबाट तालिम लिएका महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री गर्ने गरीन्छ ।

पालिका प्रेस
थप जानकारी