मकवानपुर थाहा नगरपालिकाको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । पालिकाको पशु विकास शाखाको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ८ को मोरियास्थित पिपल चौतारा र देवी स्थानमा शिविर भएको हो ।

दुई स्थानमा भएको शिविरमा गाई तथा गोरु ८९ वटा, भैसी तथा राँगा १ सय ४४ वटा, बाख्रा तथा बोका १ हजार ६९७ वटा, कुकुर ५० वटा, कुखुरा १ हजार ९४ वटाको निःशुल्क परीक्षण र आवश्यक औषधि समेत वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक मनिषा मगरले जानकारी दिइन् । किसानहरुले पालेको पशुपंक्षी शिविरमा स्वास्थ्य परीक्षणका ल्याएका थिए ।

पशुपंक्षीको प्राविधिकहरु राघवेन्द्र मिश्र, मनिषा मगर, प्रकाश पाख्रिन, विकेश कार्की तथा वडाका पशु प्राविधिक रोशन गर्तौलाले गरेका थिए । यसकिसिमको शिविर अन्य वडामा पनि आयोजना गरिने पशु विकास अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।