मकवानपुर थाहा नगरपालिकाको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । थाहा नगरपालिका वडा नम्बर ७ मा भएको शिविरमा १ सय २ कृषक परिवारले पालेको २ हजार ३ सय ४७ वटा पशुवस्तुको परीक्षण तथा औषधि वितरण गरिएको छ ।

पशु विकास शाखाले गरेको शिविरमा गाई तथा गोरु १० वटा, भैसी तथा राँगा १५ वटा, बाख्रा तथा बोका १ हजार ५८० वटा, कुकुर २१ वटा, कुखुरा ७ सय २१ को निःशुल्क परीक्षण र आवश्यक औषधि समेत वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक मनिषा मगरले जानकारी दिइन् । किसानहरुले पालेको पशुपंक्षी शिविरमा स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याएका थिए । डाँडाबास भट्टिडाँडामा भएको शिविरमा ल्याएका पशुपंक्षीको प्राविधिकहरु राघवेन्द्र मिश्र, मनिषा मगर, प्रकाश पाख्रिन तथा वडाका पशु प्राविधिक रोशन गर्तौलाले गरेका थिए ।

यस किसिमको शिवर अन्य वडामा पनि आयोजना गरिने पशु विकास अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी