थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा कार्यालय रहेकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष रु. १० करोड ९२ लाखको आर्थिक कारोबार गरेको छ ।
२४ पुसमा आयाेजित संस्थाकाे साधारण सभासमक्ष आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साे जानकारी दिइएकाे हाे। सस्थाका काेषाध्यक्ष राजमान श्रेष्ठका अनुसार संस्थाले रु. ८ करोड २ लाख ऋण लगानी गरेको छ भने ७ करोड ६४ लाख बचत गरेको छ। सहकारीमा हाल २ करोड ७२ लाख तरलता रहेकाे छ भने शेयर पूँजी रु. १ करोड ५१ लाख रहेको छ । संस्थाले गत आर्थिक वर्ष ३४ लाख खुद नाफा गरेको छ ।
संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लबशेर विष्ट रहेका थिए । कार्यक्रममा बाेल्दै विष्टले संस्थाले सदस्यहरुको ऋण बीमा गरेर राम्रो काम गरेको भन्दै नगरभित्रका अन्य सहकारीहरुले पनि यस्तो कामकाे शुरु गर्नुपर्नेमा जाेड दिए ।
साधारण सभाको अवसरमा पालिकास्तरीय जिल्ला फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल थाहा नगर टिमका खेलाडी तथा सहकारीका सदस्य आदर्श श्रेष्ठ, कृषि व्यापारी तथा सदस्य रमेश लामिछाने , सदस्यहरुमा कृतिका प्रधान, नारायण बिश्वकर्मा, विकेश गोपाली, दिलमाया प्रधान, गौतम प्रधान लगायतलाई सम्मान गरिएकाे थियाे । साेही सभामा संस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएकाेमा बिमावापतकाे रकम प्रधानकाे परिवारलाई प्रदान गरिएकाे थियाे ।
कार्यक्रम उद्घाटनमा थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषाेत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका सञ्चनलक समिति सदस्य जर्म श्रेष्ठ लगायत बैक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे ।















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्