मकवानपुर थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा पशुवस्तुका लागि वडा नम्बर १२ मा दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । १२ नम्बर वडाको तारुका र आलमपुरमा शिविर भएको हो ।

दुई स्थानमा भएको शिविरमा बाख्रा २ हजार १०६, गाई २४, भैसी २९, कुकुर २० र कुखुरा १ हजार १५३ वटाको निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक औषधि समेत वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक मनिषा मगरले जानकारी दिइन् । किसानहरुले पालेको पशुपंक्षी शिविरमा स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याएका थिए । वडा नम्बर १२ दुई स्थानमा भएको शिविरमा ल्याएका पशुपंक्षीको प्राविधिकहरु राघवेन्द्र मिश्र, मनिषा मगर, विज्ञान भट्टराई, नुतन कुमारी मिश्र, विकेश कार्की र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता राजेन्द्र भक्त श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए ।

यस किसिमको शिवर अन्य वडामा पनि आयोजना गरिने पशु विकास अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए । घर छेवैमा नगरपालिकाले पशुवस्तुहरुका लागि शिविर आयोजना भएकोमा स्थानीय किसानहरु खुशी भएका थिए ।

पालिका प्रेस
थप जानकारी