मकवानपुर थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा पशुवस्तुका लागि वडा नम्बर ५ मा दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । ५ नम्बर वडाको चौतारा र पिङडाँडामा शिविर भएको हो ।

दुई स्थानमा भएको शिविरमा गाई गोरु ५७, भैसीराँगा १११, बोका बाख्रा ११४४, बंगुर २२, कुकुर ४१, कुखुरा ५७८ वटाको निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक औषधि समेत वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक मनिषा मगरले जानकारी दिइन् । किसानहरुले पालेको पशुपंक्षी शिविरमा स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याएका थिए । वडा नम्बर ५ को दुई स्थानमा भएको शिविरमा ल्याएका पशुपंक्षीको प्राविधिकहरु राघवेन्द्र मिश्र, विकेश कार्की, रुपेश कुमार मिश्र, श्रीराम गार्तौला र प्रकाश पाख्रिनले स्वास्थ्य परीक्षण गरेका थिए ।

यस किसिमको शिवर अन्य वडामा पनि आयोजना गरिने पशु विकास अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए । घर छेवैमा नगरपालिकाले पशुवस्तुहरुका लागि शिविर आयोजना भएकोमा स्थानीय किसानहरु खुशी भएका थिए ।

पालिका प्रेस
थप जानकारी