मकवानपुर जिल्ला बागमति गाउँपालिकामा किसान सूचीकरण अभिमुखीकरण तथा सफ्टवेयर संचालन सम्बन्धी तालिम दुईदिने सम्पन्न भएको छ । पालिकाले सूचीकरण कार्यक्रम शुरु गर्नका लागि तालिम दिएको हो ।

बागमति गाउँपालिकाका अभ्यक्ष सर्केश घलानको सभाध्यक्षतामा संचालन भएको तालिममा प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान वडा नम्बर १ का वडाध्यक्ष यहुन्ना राई वडा नम्बर ४ का वडाध्यक्ष तथा वडा सदस्यहरु, कृषि र पशु शाखाका प्राविधिकहरु र किसान सूचीकरण सहजकर्ताहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहजीकरण गरेका थिए ।

तालिम समापन सँगै बागमति गाउँपालिका वडा नम्बर १ र ४ बाट किसान सूचीकरणको कार्य शुरुवात गरिने कृषि शाखा प्रमुख बिरेन्द्र समालले जानकारी दिए ।