जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ५ वैशाखमा जिल्लाको विकट कैलाश गाउँपालिकाको अनुगमन गरेको छ । जिसस प्रमुख ललित बहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम कारबाहीका विषयमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक, न्यायिक समिति, बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमको प्रगति लगायत समग्र शुसासनका क्षेत्रमा गरेका काम तथा प्राप्त गरेको उपलब्धीका बारेमा जानकारी लिएको छ । सो क्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टलगायत विभिन्न शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी गएका थिए । गाउँपालिकाले भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखे पनि सामाजिक, आर्थिक, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएको उनले बताए ।

अनुगमनका क्रममा प्रमुख घलानले गाउँपालिकाको आन्तिरिक आय बृद्धिमा ध्यान दिन साथै शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिकसंगै सामाजिक आर्थिक विकासका क्षेत्रमा समेत ध्यान दिन सुझाव दिए । उनले उत्पादन वृद्धिका लागि जोड दिन, आग्रह गर्दै गाउँपालिकाले सम्भावनाको समेत खोजि गर्नुपर्ने भन्दै गाउँपालिकामा आईपर्ने विभिन्न समस्याका विषयमा जिससले हर्दम समन्वय र सहाकर्य गर्ने समेत बताए । अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी बासुदेव खतिवडा, जिसस सदस्यहरु सुमित्रा थिङ, सुवर्ण गोपाली, शाखा अधिकृत सुनिता गजुरेल,स्वकीय सचिव तिर्थबहादुर थापालगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी