राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा–१३, वनस्पतीका भूमिहीनलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । २६ वैशाखमा एक कार्यक्रमकाबीच वनस्पतीमा रहेका ५६ घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण छ । २०५० सालको साउनमा आएको बाढीपहिरोले घरबारविहीन भएकाहरुलाई २०५२ सालमा ताइवानी सरकार चुची फाउण्डेशनको आर्थिक सहयोगमा बाढी पीडितहरुका लागि ४ सय घर बनेको थियो । मकवानपुर जिल्ला लगायत छिमेकी जिल्लाहरु काभ्रे, सिन्धुली, धनकुटाका बाढीपीडितहरु वनस्पतीमा बस्दै आएका छन् ।

२०५२ सालमा बनेका ४ सय वटा घरहरुमध्ये ३ सय २९ घर परिवारलाई मात्र जग्गाधनी लालपुर्जा वितरण गरिएको थियो । ७१ घर परिवारले भने जग्गाधनी लालपूर्जा पाएका थिएनन् । ७१ घर परिवारमध्ये मंगलबार ५६ परिवारलाई मात्रै जग्गाधनी पुर्जा प्रदान गरिएको छ । बाँकी १५ परिवारले राजस्व नतिरेका कारणले लालपुर्जा पाउन नसकेको र उनीहरुले राजस्व तिरेको १५ दिनपछि लालपुर्जा प्राप्त गर्ने आयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिनुभएको छ ।

२०५२ सालबाट बस्दै आएको परिवारले लालपुर्जा प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन् । आयोगका अध्यक्ष दाहालको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामा लगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी