मकवानपुरगढीमा बाँस र निगालोका सामाग्री सामाग्री बनाउने काममा महिलाहरु अग्रसर भएका छन् । आफ्नै बारी र वरपरको जंगलमा पाइने बाँसका सामाग्री बनाएर बिक्री गर्नका लागि सहज होस भन्ने उदेस्यले तालिम दिएपछी घरमै रोजगारीको अबसर पनि सृजना भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गाउँपालिकाको लघु उद्यम बिकास इकाइले गरिबी निबारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत बाँस तथा निगालोको हस्तकला सामाग्री निर्माण, सीप बिकास तालिम सञ्चालन गरेर स्थानीय स्तरमानै रोजगारीको अबसर सृजना गर्न लागिएको हो ।

तालिमपछी बाँसका सामाग्री बनाउने काममा लाग्नेहरुलाई उद्यमी बनाउनका लागि प्रबिधि समेत हस्तान्तरण गरिने र यस्ता कामलाई प्रोत्साहित गदै लगिने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । यही बैशाख १५ गते देखि सुरु भएर जेठ ३ गते सकिने तालिममा १३ जना महिला र दुइ जना पुरुष सहभागि छन् । तालिममा बाँस र निगालोबाट बन्ने डोका, नाङ्लो, डस्बिन, मुढा, डायनिङ टेबल, कुर्सी लगायतका सामाग्री बनाउनका लागि सिकेका छन् ।

यो सिपलाई कार्यान्वयन गर्नका लागि आबस्यक कच्चा पदार्थ पनि आफ्नै वरपर पाइने र बिक्री गर्नका लागि पनि समस्या नहुने चौधरीले बताउनुभयो । गढी गाउँपालिकाले दिएको यो तालिमबाट स्थानीय स्तरमा पाइने बाँस र निगालोका सामाग्रीबाट रोजगारीका अबसर सृजना हुने भएको छ ।

पालिका प्रेस
थप जानकारी