मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ को घर्तिखोलामा ३ दिने व्यावसायिक गाईभैंसी पालन सम्बन्धि तालिम ८ जेठबाट सुरु भएको छ । थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा सुरु भएको तालिमको ३ नम्बर वडाध्यक्ष वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले उद्घाटन गरेका थिए ।

तालिमको उदघाटन गर्दै वडा अध्यक्ष रायमाझीले व्यावसायिक रुपमा गाई भैंसी पालन तालिममा सिकेका कुराहरु व्यवहारमा उतारी दक्ष कृषक बनेर रोजगारी मुलक व्यवसाय सञ्चालन गर्न आग्रह गरे । अध्यक्ष रायमाझीले सीपमुलक तालिम अहिलेको आबश्यकता भएको बताउदै कृषिक्रान्ति बिना नगरको आर्थिक उन्नति हुन नसक्ने बताए ।

जनप्रीय बहुप्राविधिक विद्यालयका प्रशिक्षक अनिल सापकोटाले प्रशिक्षण दिने तालिममा २० जना अगुवा पशुपालक कृषकको सहभागिता रहेको वडा नम्बर ३ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी