मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० मा गड्यौला मल सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ । १० नम्बर वडाको टौखेलमा संचालन भएको दुईदिने तालिममा स्थानीय कृषक, वडा कार्यालयका प्राविधिक, जनप्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो ।

वल्ड एक्सपेन्डेशन तथा वल्ड एक्सपेन्डेशन फाउण्डेशनको आर्थिक सहयोगमा भएको तालिमको आयोजना टि–हेल्पले गरेको थियो । कार्यक्रमको संयोजन व्यवस्थापन भने वडा कार्यालयले गरेको कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । तालिममा थाहा नगरपालिकाको १० नम्बर वडाका किसानहरुको सभागिता रहेको थियो । सहभागीहरुलाई मल उत्पादनका लागि नमुनाको रुपमा गड्यौला समेत वितरण गरिएको थियो ।

सहभागीहरुलाई डा. आनन्द शोभा ताम्राकार, मदन भण्डारी विश्वविधालय को तर्फबाट भूषण श्रेष्ठ, अनुपमा श्रेष्ठ, टि–हेल्पबाट हेमा श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा किसानहरुले गड्यौलाबाट प्राङ्गारिक मल बनाउने विधि समेत प्रयोगात्मक अभ्यास गराइएको थियो । सीप सिकेपछि किसानहरु खुशी भएका छन् । उनीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष हिरा बहादुर गमाललगायतकाको विशेष उपस्थिती रहेको थियो ।

 

पालिका प्रेस
थप जानकारी