फाइल फोटो ।

मकवानपुर थाहा नगरपालिकाले नगरभित्र रहेका १ सय १ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण शिविरको आयोजना गरेको छ । सामुदायिक कुकुरहरुलाई लक्षित गरी आयोजना गरिएको शिविर १० र ११ जेठमा संचालन भएको थियो ।

पालिका क्षेत्रमा छाडा कुकुरको संख्या बढेको र किसानको बाली नाली तथा पशुवस्तुलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको थाहा नगरपालिकाका पशु शाखा प्रमुख राघवेन्द्र मिश्रले जानकारी दिए । नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र हेटौंडाको आयोजना र फोर केयर फर एनिमल ललितपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।

सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि समेत बन्ध्याकरणले सहयोग पुग्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रतिक्रिया रहेको थियो । शिविरका लागि सहयोग गर्ने सबै निकायलाई गोपालीले धन्यवाद दिए । उनले नगरको हितमा हुने कार्यक्रमहरुमा सरकारी तथा गैर सरकारी निकायहरुबीचको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरे । पालिका क्षेत्रका नागरिकहरुको मागलाई समेत सम्बोधन गरी कुकुर बन्ध्याकरण शिविरको आयोजना भएको थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले बताए ।

शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविरस्थलमा ल्याई बन्ध्याकरण र उपचार गरिएको थियो । बनध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोडिएको छ ।

पालिका प्रेस
थप जानकारी