राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहले पाउने समपुरक तथा विशेष अनुदानबाट संचालन हुने योजनाको सूची सार्वजनिक गरेको छ । १५ जेठमा संघीय संसदमा पेश भएको बजेट अन्तर्ग समपुरक र विशेष अनुदानको योजनाहरु सार्वजनिक भएको हो ।

सार्वजनिक भएको योजनाहरुमा मकवानपुरका १० स्थानीय तहले १३ वटा समपुरक योजना पाएका छन् । मकवानपुरका इन्द्रसरोवर, बकैया र राक्सिराङले दुइ÷दुई वटा र बाँकी स्थानीय तहले एक÷एक वटा योजना पाएका हुन् । इन्द्रसरोवरको लागि पाटीचौर रामन्दिर पौवा सडकका लागि १ करोड २० लाख र सानुटार ठूटार दम्की सडकका लागि ५० लाख समपुरक बजेट विनियोजन भएको छ । बकैयाको हात्तिसुढे शिखरपुर मन्थली सडकका लागि ५० लाख, बकैया कृषि उद्योगग्रामका लागि बकैया–७ हात्तिखोलाका लागि ५० लाख बजेट विनियोजन भएको छ भने राक्सिराङको चैनपुर बाघमारामैनाटार सुनारीसौरा सानोभावर नेवारपानी सडक निर्माणका लागि ७५ लाख र भिङबुङ पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि ५० लाख समपुरक बजेट विनियोजन भएको छ ।

कैलाश गाउँपालिकाको गोगने कालिकाटार सडक योजनाका लागि ८० लाख, थाहा नगरपालिकाको दामन पिङडाँडा भट्टीडाँडा तसर थाहा–५ को लागि ५० लाख, बागमती गाउँपालिकाको झुरझुरे ज्यामिरे हुँदै भोर्लेनी सडकका लागि ८० लाख, भिमफेदी गाउँपालिकाको रानीखोला धामिडाँडा रानीभन्ज्याङ सडकस्तरोन्नतीका लागि ८० लाख, मकवानपुरगढीको बासुदेव मार्गमा विभिन्न पुलका लागि ८० लाख, मनहरीको मानेडाँडा रमौली जाने सडक स्तरीकरण महनरी–७ मा ५० लाख र हेटौंडा उपमहानगपालिकाको पदमपोखरी मुख्यसडक विस्तार हेटौंडा–१३ का लागि १ करोड ७५ लाख रुपियाँ समपुरक बजेट विनियोजन भएको छ ।

स्थानीय तहहरुलाई प्राप्त अनुदानमा त्यतिनै बजेट थप गरी योजना संचालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित उक्त बजेटलाई स्थानीय पालिकाहरुले आफ्नो वार्षिक योजनामा समावेश गरी कार्यानवयन गर्नेछन् ।

यसैबीच मकवानपुरका दशवटै स्थानीय तहले विशेष अनुदानका योजनाहरु पाएका छन् । पालिकाहरुले आर्थिक वर्ष २०८०/०८१ मा संचालन गर्ने योजनाहरु संघीय सरकारबाट पाएका हुन् ।

मकवानपुरको बागमती गाउँपालिकाले भिमबाध खानेपानी आयोजनाका लागि ५५ लाख, बकैयाले हात्तिसुढे डिबोरिङ एण्ड स्यानिटेशन प्रोजेक्टका लागि १ करोड, बकैयाकै गौतमबुद्ध पर्यटन पार्कका लागि ८० लाख रुपियाँ, भिमफेदीको श्री प्राथमिक विद्यालय भवन निर्माणका लागि ५० लाख र पोखरी प्रावि भवन निर्माणका लागि ७५ लाख, हेटौंडाको श्रमिक मावि हेटौंडा–४ भवन निर्माणका लागि ९५ लाख, इन्द्रसरोवरको काप्राङ खानेपानीका लागि २५ लाख, इन्द्रसरोवरकै बहुआयमिक वृहत लिफ्टीङ खानेपानी आयोजना पुरण्डीका लागि ७५ लाख, कैलाशको चेपाङ तथा गरिब परिवारको लागि पोषण कार्यक्रमका लागि ५० लाख, मकवानपुरको शारदा माध्यमिक विद्यालयको भवन निर्माणमा १ करोड ५० लाख र भानु माध्यमिक विद्यालयको अपुरो भवन निर्माणका लागि १ करोड २५ लाख, मनहरीको माथिल्लो मसिने खानेपानी आयोजनाका लागि ७० लाख विशेष अनुदान विनियोजन भएको छ ।

त्यस्तै राक्सिराङ गाउँपालिकाको खोरिया पाटो सुधार तथा खाद्य सुरक्षा कार्यक्रमको लागि ७० लाख, राक्सिराङकै चेपाङ स्वास्थ्य सुधार कार्यक्रमको लागि ८० लाख र थाहा नगरपालिकाले क्षयरोग मुक्त कार्यक्रमका लागि संघीय सरकारबाट १ करोड विशेष अनुदान पाएको छ ।

पालिका प्रेस
थप जानकारी