मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ कुलो जीर्ण र भत्किएका कारण उत्पादनमा समेत कमी आएपछि अब किसानहरुलाई राहत हुने भएको छ ।

१२ नम्बर वडाको जगडाडा सिचाई आयोजनाको साँढे ३ किलोमीटर सिंचाई पाइप तथा कुलोको काम सकिएको १२ नम्बर वडा सदस्य नरेश घलानले जानकारी दिए । ३० लाख रुपियाँ लागतका निर्माण शुरु भएको उक्त आयोजनाको पाईप बिछ्याउने, मुहानमा इन्टेकलगायातका काम सकिएको छ । अहिले सिंचाइ कुलो सातकन्या प्राथमिक विद्यालय नजिकै पुगिसकेको छ । अहिलेसम्म स्थानीयहरुले ३२ दिन श्रमदान गरिसकेको घलानले जानकारी दिए ।

उनले ३२ दिनसम्म श्रमदान गरेपनि आफूहरुलाई कुलो बनेकोमा खुशी लागेको प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी