मकवानपुरगढी गाउँपालिकाका किसानलाई (घाँस टुक्र्याउने) च्यापकटर मेशिन वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा २० वटा च्यापकटर मेसिन किसानलाई वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा किसानहरुलाई च्यापकटर मेसिन वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्र हेटौंडाबाट प्राप्त २० वटा कृषि औजारयन्त्र च्यापकटर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला लम्सालले बताइन् ।

वितरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष भागवत घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका डा. विमोचन पौडेल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहाललगायतको आतिथ्यता रहेको थियो । पशुपालक किसानका लागि च्यापकटर मेसिनको प्रयोगले घाँस फारु गर्ने र समयको बचत गराउँदछ ।

पालिका प्रेस
थप जानकारी