आगामी आर्थिक बर्ष २०८०-०८१ लाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम आज आउँदै छ । उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई लक्षित गर्दै १३ औं नगरसभामार्फत् उपमहानगर नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

नीति तथा कार्यक्रममार्फत् उपमहानगरपालिकाले करिब २ अर्व ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । हेटौंडाका १९ वटै वडाहरुलाई भने चालु आर्थिक वर्षमा दिएको बजेटको शिलिङ दिइएको छ ।

असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार उपमहानगरले आगामी आबको लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत पछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने तयारी उपमहानगरको छ ।

पालिका प्रेस
थप जानकारी