मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेका ५० विद्यालयमध्ये ४६ वटा अर्थात ९२ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ । यसअघि ३५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान भएकामा यसबर्ष बढाएर ४६ वटामा पु¥याइएको शिक्षा शाखाले जनाएको छ ।
राक्सिराङ गाउँपालिका शिक्षा शाखाप्रमुख पंकज थारुकाअनुसार अत्यन्तै विकट क्षेत्रमा रहेका गाउँहरुमा समेत इन्टरनेटमार्फत् सहजै शिक्षा शाखाका सूचना प्रबाह गर्नका लागि इन्टरनेटको व्यवस्थापन गरिएको हो । तर, दुर्गमक्षेत्र भएकाले बिजुलीको अनियमितता, मर्मतसम्भारमा समस्या लगायत कारण इन्टरनेट सेवाले निरन्तर धोका दिन छाडेको छैन । सकेसम्म मजबुत इन्टरनेट सेवा प्रदान गरी समयमै सूचना तथा जानकारी र कतिपय कागजपत्रको व्यवस्थापनमा ध्यान दिइएको थारुले बताए । यसैबीच राक्सिराङ गाउँपालिकाले बालविकास केन्द्रलाई लक्षित गरी १० वटा विद्यालयमा स्मार्ट टिभी प्रदान गरेको छ । स्मार्ट टिभीमा बालबालिकाका गीत, भिडियो, कार्टुनहरु डाउनलोड गरी बजाउनका लागि स्मार्ट टिभी प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, शिक्षाप्रमुख थारुको उपस्थितिमा टिभी बितरण गरिएको हो । टिभी प्राप्त गर्ने विद्यालयमा भीमसेन प्रावि राक्सिराङ–४, राष्ट्रिय मावि राक्सिराङ–६, सूर्याेदय मावि राक्सिराङ– ३, टिकेढुंगा प्रावि राक्सिराङ–७, आधारभूत विद्यालय राक्सिराङ–४, प्रजाप्रगति आधारभूत विद्यालय राक्सिराङ–२, नवजीवत प्रावि राक्सिराङ–५, थुम्की आधार भूत विद्यालय राक्सिराङ–२ र श्री आधारभूत विद्यालय राक्सिराङ–३ रहेका छन् ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्