संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुअघि अनिवार्य रुपमा सम्वन्धित पालिकाका प्रमुख या अध्यक्षसँग सपथग्रहण गर्नुपर्ने व्यवस्था गर्दैछ । प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयले तयार पारेको आचारसंहितामा पालिका पुगेर पदभार ग्रहण गर्नुअघि सपथग्रहण गर्नुपर्ने र यसको जानकारी संघीय मामिला मन्त्रालयमा गराउनु पर्ने व्यवस्था समेटिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न अनैतिक अश्लील हर्कत र अनियमितता लगायतका भ्रष्टाचार विवादमा मुछिने क्रम बढेको भन्दै मन्त्रालयले आचारसंहिता बनाउन लागेको जनाएको  छ ।  ‘नेपाल सरकारबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता’ नाम दिइएको आचारसंहिताको मस्यौदा तयार भइसकेको छ ।

मस्यौदामा प्रमुख प्रशासकीय अधिकृतले खुला तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न नहुने उल्लेख छ । ‘विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत जीवनको श्रव्य दृष्य सामग्री संग्रह गर्ने तथा प्रशारण गर्नु हुँदैन । कार्यलाय समय वा कार्यालय समयबाहिर सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने गरी व्यक्तिगत क्रियाकलाय गर्नु हुँदैन,’ आचारसंहिताको मस्यौदामा भनिएको छ ।

मन्त्रालयका सहसचिव सुमन दाहालको संयोजकत्वमा गठित कार्यदलले सचिवलार्य बुझाएको मस्यौदामा  कार्यालय र सार्वजनिक जीवनमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्मका नियम तोकिएका छन् ।

पालिका प्रेस
थप जानकारी